काभ्रे । काभ्रेको पनौती नगरपालिका–७ स्थित पार्कको फलामको बेन्चमा एक अन्दाजी ३५/३६ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।
बुधबार बिहान मृत भेटिएकी ती महिलाको सनाखत हुन सकेको छैन। घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धान थालेको छ।
प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार

