२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

काठमाडौं सानागाउँमा महिलाको हत्या, छोराछोरी घाइते-श्रीमान् खोज्दै प्रहरी

www.janaboli.com;

काठमाडौँ । शंखरापुर नगरपालिका–९ सानागाउँमा एक महिलाको खुकुरी प्रहारबाट हत्या गरिएको छ। सिन्धुली माइती भएकी पुतली तामाङको डेरामा श्रीमान्ले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्या आरोपित पदमबहादुर तामाङ (५८) रामेछापको खाँडादेवी गाउँपालिका–७ निवासी हुन्। गएराति करिब ९:३० बजे श्रीमतीको हत्या गरी फरार भएका पदमको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

घटनास्थलमा मृतकका ११ वर्षीय छोरा र १० वर्षीया छोरी पनि घाइते अवस्थामा फेला परेका छन्। उनीहरूलाई तत्काल उपचारका लागि ट्रमा सेन्टर भर्ना गरिएको छ।

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले फरार श्रीमानको खोजी तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस