काठमाडौं । नेपालीपछि भारतीय बनेकी अभिनेत्री विपना थापाका श्रीमान् भारतीय नागरिक आशुतोष भारद्वाजले आफ्नो फेसबुक पोस्टहरू प्रति माफी मागेका छन् । केही दिन अघि फेसबुकबाट उनले पत्नी विपना थापा विपक्षी घृणित शब्दहरुका स्टाटस पोस्ट गरिरहेका थिए । जुन यहाँ सार्वजनिक रुपमा उल्लेख गर्नै मुस्किलका छन् ।
आशुतोषले आफ्नो फेसबुक अकाउन्टमा हिजो भनेका छन्, मेरी आइडी अभि भी हैक हे। आज अर्को पोस्टमा उनको क्षमायाचना छ। मेरी आइडीमा आई पोस्ट के लिये, सभि से क्षमा माँगता हुँ । आशुतोषले भनेका छन्।
श्रीमानको विपनाका लागि घृणित पोस्ट आएपछि उनी सिधै नयाँ दिल्ली हन्निएकी थिइन् । जानु अघि फेसबुकमा उनले लेखेकी थिइन् श्रीमानले डिप्रेसनमा आएर खराब कुरा भन्नु भयो । निकट स्रोत अनुसार विपना दिल्ली गएर श्रीमान्–श्रीमती बीच छलफल गरेर समझदारी गरिएको छ । यसअघि अभिनेत्री अरुणीमा लम्सालको डिभोर्स र श्रीमानबीच शारीरिक सम्बन्ध नै नभएको भन्ने बयानले नेपाली फिल्मी नगरी तातिएको थियो । फेरि अर्की चर्चित अभिनेत्रीको सम्बन्धमा हलचल सुरु भएको विषयले प्रवेश पाएको छ ।

