२०८२ कार्तिक २७ गते बुधवार | 2025 November 12th Wednesday

नेपाल आउन चढेकी गायिका रचना रिमालको जहाज जर्मनी पुगेपछि…

काठमाडौं । गायिका रचना रिमाल चढेको जहाज जर्मनी पुगेको छ । क्यानडाबाट भारत हुँदै नेपाल फर्कन लागेकी उनी चढेको जहाज जर्मनीमा ‘इमर्जेन्सी’ ल्यान्ड भएको हो ।

जहाजको विषयमा उनले फेसबुकमार्फत जानकारी दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ । केहि समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु । जय पशुपतिनाथ ।’

 

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस