२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

हरेक नेपाली र भारतीयको मनमा बसेका गायक पवनदीप परे भयानक सवारी दुर्घटनामा

Pawandeep Rajan Car Accident

सिक्किम । इन्डियन आइडल सिजन–१२ का विजेता तथा लोकप्रिय गायक पवनदीप राजन सोमबार बिहान कार दुर्घटनामा परेका छन्। अमरोहामा बिहान ३ः४० बजे भएको सो दुर्घटनामा उनलाई गम्भीर चोट लागेको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पवनदीप गम्भीर अवस्थामा देखिन्छन्, र हाल डाक्टरहरूको टोलीले उनको उपचार गरिरहेको छ।

भिडियोमा देखिएअनुसार उनको बायाँ खुट्टा र दाहिने हातमा चोट लागेको छ। दुर्घटनापछि उनको कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ भने उनका प्रशंसकहरू उनको स्वास्थ्यको अवस्थाबारे चिन्तित बनेका छन्।

उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीपको परिवार कुमाउनी लोकसंगीतसँग जोडिएको छ। २०१५ मा ‘द भ्वाइस इन्डिया’ जित्दै उनको संगीत यात्रा सुरु भएको हो। त्यसपछि उनले इन्डियन आइडल सिजन–१२ को उपाधि जित्दै लोकप्रियता कमाएका थिए। उनले उक्त प्रतियोगिताबाट ट्रफीसँगै कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

 

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस