२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

प्रकाश सपुतको गीतकी‘सकम्बरी’ले प्रेमीसँग गरिन् इन्गेजमेन्ट, को हुन् हुनेवाला दुलाहा ?

काठमाडौं । ‘सकम्बरी नामले परिचित मोडल कुसुम शर्मा विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले ग्ल्यामर क्षेत्रभन्दा बाहिरका काठमाडौंमा घर भएका प्रेमी विश्व अधिकारीसँग लगनगाँठो कस्न लागेकी हुन।

उनले प्रेमी विश्वसँग मङ्गलवार इन्गेजमेन्ट गरेकी हुन। आफ्नो इन्गेजमेन्टको भिडियो उनले आफ्नै सामाजिक सञ्जालमा शेयर गरेकी छन्। इन्गेजमेन्ट गरेकी कुसुमलाई यतिबेला शुभचिन्तकहरूले सामाजिक सञ्जालमा बधाई दिइरहेका छन्।

यी दुई केही समयदेखि प्रेममा थिए। टिकटकमा प्रेम छताछुल्ल भएपनि कुसुमले भने आफूहरूको प्रेम सम्बन्ध अस्वीकार गर्दै आएकी थिइन् । इन्गेजमेन्टको भिडियो सार्वजनिक गरेपनि विवाहबारे भने केहि जानकारी दिइएको छैन।

प्रकाश सपुतको गीत ‘फूलमाया’बाट डेब्यु गरेकी कुसुमले पहिलो प्रोजेक्टबाटै सफलता हात पारेकी थिइन् । पहिलो कामबाटै डिमान्डेड बनेकी उनले अहिलेसम्म ५० भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन। उनी अभिनीत पहिलो चलचित्र ‘वर एण्ड बधु’ पनि प्रदर्शनमा आइसकेको छ।

 

 

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस