२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

जापानबाट दुई नेपाली निष्काशन, के छ आरोप ?

Bayu Seva Nigam's widebody has arrived in Kathmandu, preparing to continue the flight to Japan

काठमाडौं । जापानको अध्यागमन कार्यालयले दुई जना नेपाली नागरिकलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशन गरेको छ। निष्काशनमा परेका नेपालीहरू पन्त र थापा थरका छन्। उनीहरूलाई यसै साता जापानबाट नेपाल फर्काइएको हो।

स्रोतका अनुसार पन्तलाई थाइ एयरलायन्स र थापालाई थाइ लायन एयरलायन्समार्फत काठमाडौं पठाइएको हो। अध्यागमन कानुन उल्लंघन गरेको अभियोगमा जापानी प्रहरीले उनीहरूलाई पक्राउ गरी सोधपुछपछि नेपाल डिपोर्ट गरेको बताइएको छ। तर, उनीहरूले कुन प्रकारको कानुन उल्लंघन गरे भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

पछिल्लो समय जापान सरकारले अवैधरूपमा बस्ने आप्रवासीहरूमाथि निगरानी तथा कडाइ बढाएको छ। विभिन्न प्रवेशाज्ञाको आधारमा जापान पुगेका आप्रवासीहरूमाथि कडाइ गर्दा नेपाली नागरिकहरू पनि प्रभावित भइरहेका छन्।

यस्तै निगरानीका गतिविधि अमेरिका, मलेसिया, क्यानडा, फ्रान्स, माल्दिभ्स, जर्मनी र दक्षिण कोरियालगायत मुलुकहरूले पनि कडा रूपमा लागू गर्न थालेका छन्। विदेशी कामदार तथा आप्रवासीहरूको अवस्थालाई नियाल्ने प्रक्रिया तीव्र बनाइएको देखिन्छ।

 

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस