२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

२२औँ राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न

सुनसरी / इटहरी ७, सुनसरीमा परिवर्तन एक अभियानको आयोजनामा असार १५ तथा २२औँ राष्ट्रिय धान दिवसको अवसरमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कृषि, संस्कृति र सामाजिक जागरणलाई एकै ठाउँमा जोडेर जनचेतनामूलक गतिविधिहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रमका सभाध्यक्ष परिवर्तन एक अभियानका उपाध्यक्ष श्री सञ्जय शर्मा रहनु भएको थियो। प्रमुख अतिथिको रूपमा इटहरी उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष श्री देव नारायण चौधरी उपस्थित रहनु भएको थियो। उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरूले कृषकहरूलाई थप उत्साह दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथिका रूपमा वडा सदस्य द्वय श्री नेत्र गुरागाईँ र श्री राधा आचार्यको समेत उपस्थिति रहेको थियो। उहाँहरूले कृषिमा नवप्रवर्तन र युवापुस्ताको सक्रिय संलग्नताको आवश्यकता औँल्याउनु भयो।

कार्यक्रममा स्थानीय कृषकहरूको सहभागिता, धान रोपाइँ प्रदर्शन, लोकनृत्य तथा गीत–सङ्गीतका साथ कृषि जनचेतनामूलक सन्देशहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमले कृषि परम्परा जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने उद्देश्य बोकेको आयोजकले जनाएको छ।

परिवर्तन एक अभियानद्वारा आयोजित कार्यक्रमलाई सफल बनाउन सर्वेस्वर भजन कृतन मण्डली इटहरी का पदाधिकारी तथा सदस्यहरु, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहयोग रहेको थियो।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस