२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

रवि लामिछानेलाई अभिनेत्री मनिषाको समर्थन, हस्ताक्षर गरेपछि रास्वपा पंङ्ति हर्षित

Manisha-Koirala

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै जारी हस्ताक्षर अभियानमा सहभागिता जनाएकी छिन् ।

उनले वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नै पुगेर हस्ताक्षर गरिन् । मनिषा बिहान साढे ११ बजे रास्वपा कार्यालय पुगेर हस्ताक्षर गरेको अभियानका लागि गठित समितिका सचिव प्रमोद न्यौपानेले जानकारी दिए । वैचारिक रूपमा राजसंस्थाको समर्थक रहेकी मनिषा कुनै पार्टीका पक्षमा अहिलेसम्म खुलेकी भने छैनन् ।

हस्ताक्षर अभियानमा उनले ऐक्यबद्धता प्रस्तुत गरेपछि रास्वपा पंङ्ति हर्षित बनेको छ ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस