२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

ह्यारी पोटरकी स्टार ३५ वर्षीया एम्मालाई गाडी चलाउन ६ महिनाको प्रतिबन्ध, कारण यस्तो

"Harry Potter Star Emma Watson, 35, Banned from Driving for 6 Months"

काठमाडौं । विश्व प्रसिद्ध “ह्यारी पोटर“ स्टार एम्मा वाट्सनलाई ६ महिना गाडी चलाउन प्रतिबन्ध लागेको छ।

एनले तीव्र गतिमा गाडी चलाएको पाइएपछि छ महिनाको प्रतिबन्ध लगाइएको हो । ३५ वर्षीया ब्रिटिश अभिनेत्री वाट्सलाई वर्ष जुलाई ३१ को साँझ अक्सफोडमा ३० माइल प्रतिघण्टाको गतिमा रहेको क्षेत्रमा ३८ माइल प्रतिघण्टाको गतिमा आफ्नो नीलो आउडी गाडी चलाएको आरोप लगाइएको थियो।

उनी बुधबार हाई वाइकम्ब मजिस्ट्रेटको अदालतमा संक्षिप्त सुनुवाइको लागि उपस्थित भइनन् । जहाँ उनलाई १४ सय पाउण्ड जरिवारनासहित गाडी चलाउन अयोग्य घोषित गरिएको सीएनएनले जनाएको छ । उनको लाइसेन्समा यसअघि नै ९ वटा पेनाल्टीको अंक पाइएको छ ।

३५ वर्षीया ब्रिटिस अभिनेत्री एम्माब्लकबस्टर र स्वतन्त्र चलचित्र दुवैमा आफ्नो भूमिकाका लागि परिचित छिन् । उनले युवा कलाकार पुरस्कार र तीनवटा MTV चलचित्र पुरस्कारहरू सहित विभिन्न प्रशंसाहरू प्राप्त गरेकी छिन्।

 

प्रकाशित मिति : २०८२ साउन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस