२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

जव भिनाजुले १७ वर्षीया जवान सालीको हत्या गरे…

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट भिनाजु नाता पर्ने भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले घरेलु विवाद हुँदा गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस