२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

चीनसँग गल्यो भारत : सीमा विवाद समाधानका लागि नयाँ पहलमा सहमत

काठमाडौं । चीन र भारतबीच ऐतिहासिक सहमति जुटेको छ । सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति गठनको सहमति जुटेको छ । मल र दुर्लभ खनिज आपूर्तिमा चीन तयार भएको छ ।

भारत र चीनले सीमा विवाद समाधानका लागि विशेषज्ञ समिति बनाउने निर्णय गरेका हुन्। दिल्लीमा चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार डोभालसँग भेट गर्दै संवादमार्फत समाधान खोज्ने सहमति जनाए।

चीनले भारतलाई मल, रेयर अर्थ म्याटेरियल र टनेल बोरिङ मेसिन आपूर्ति गर्ने आश्वासन दिएको छ। दुवै देशबीच द्विपक्षीय सम्बन्ध सुधारको संकेत देखिएको छ। आगामी एससीओ शिखर सम्मेलनमा मोदी–सी जिनपिङ भेटले सम्बन्धमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस