२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

एक वर्ष पुरानो अडियो काण्ड भाइरल भएपछि के भन्छन् दीपकराज गिरी?

हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौं । कलाकार दीपकराज गिरीले चर्चामा रहेको अडियो प्रकरणबारे सामाजिक सञ्जालमार्फत आधिकारिक प्रतिक्रिया दिएका छन्। उनले करिब एक वर्ष पुरानो अडियो अहिले सार्वजनिक भएको दाबी गर्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

गिरीका अनुसार चलचित्र निर्माणमा व्यस्त हुँदा आफूलाई गालीगलौज र बहिष्कारको धम्की आएपछि भएको छलफलकै अडियो अहिले बाहिरिएको हो। उनले सन्तोष सेनले रोहित अधिकारीलाई बिहानैदेखि फलो गरेको र अनुगमन गरेको भिडियो प्राप्त भएपछि आफू छक्क परेको बताए। गिरीले छिट्टै त्यो फुटेज सार्वजनिक हुने दाबी पनि गरेका छन्।

दीपकराज गिरीको अडियो प्रकरणबारे धारणा

  • अडियो पोहोर सालको हो, अहिले प्रचारित गरिएको।

  • चलचित्र बनाउन व्यस्त हुँदा निरन्तर गाली, गलौज र बहिष्कारको धम्की आउन थाल्यो।

  • तनावले पारिवारिक जीवन प्रभावित भयो, बच्चाहरूले चलचित्र क्षेत्र छोड्न समेत सुझाव दिए।

  • गिरीले भने, “संघर्ष नै जीवन हो” भन्दै परिवारलाई सम्झाउँदै आफ्नो बाटो अघि बढाए।

  • निर्माता रोहित अधिकारीले पनि आफूलाई धम्की आएको र रेकर्ड भएको अडियो गिरीसँग साझा गरे।

  • चर्चामा आएको अडियोमा गिरीले भन्दा रोहित अधिकारीको पीडायुक्त आक्रोश बढी रहेको उनले स्पष्ट पारे।

  • निर्मल दाईले हिंसात्मक तरिका गलत भएको र सामाजिक सञ्जालमै समाधान खोज्नुपर्ने सुझाव दिएका थिए।

  • तर सन्तोष सेनले अडियो अतिरञ्जित गरेर सार्वजनिक गर्दै गिरीलाई दोष लगाएको आरोप।

  • सेनले रोहित अधिकारीलाई फलो गरेको र निगरानीमा राखेको प्रमाण स्वरूप भिडियो फुटेज पनि रहेको दाबी।

  • गिरीले भने, छिट्टै उक्त CCTV फुटेज सार्वजनिक हुने।

  • उनले भने, नेपाली चलचित्र क्षेत्रमा ‘भोजपुरी शैली’को प्रतिस्पर्धा, झगडा र धम्की भित्रिएको छ, यसलाई अन्त्य गर्नुपर्छ।

  • “अन्यायविरुद्ध लाग्ने मेरो स्वभावका कारण म पछि हट्दिनँ, साथ सहयोगको अपेक्षा गर्छु” भन्दै अपिल।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस