२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

५ सय र हजारका नोट बन्दबारे बोले अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चा निराधार भएको स्पष्ट पारेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नोटबन्दीबारे कुनै छलफल नभएको बताए।

भारतको जिएसटीले नेपाली उद्योगलाई असर गरेको प्रश्नमा उनले क्षति हुने अवस्था देखिएको छैन भन्दै आवश्यक परे सुधार गर्ने बताए। साथै उनले संविधानअनुसार बनेका प्रदेश संरचना खारेज नहुने स्पष्ट पार्दै यसबारे अहिले कुनै सोच विचार नभएको उल्लेख गरे।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस