२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

नख्खु जेलबाट फरार आकाशले ठमेलमा गरे युवकको हत्या, CCTV ले सबै देखायो

काठमाडौं । ललितपुरको नख्खु कारागारबाट भागेका फरार कैदी आकाश मगरले ठमेलमा २५ वर्षीय सुरज तामाङको हत्या गरेका छन्। मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै आएका थिए। उनलाई खुकुरी प्रहारबाट घाइते बनाएर वीर अस्पताल पठाइयो, तर चिकित्सकले मृत घोषित गरे।

प्रहरीका अनुसार पूरानो रिस र झगडालाई कारण बनाएर हत्या भएको हुनसक्ने देखिन्छ। आकाश मगर लुटपाट र डकैतीको आरोपमा कारागार चलान थिए र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए। उनी अझै फरार छन्। घटनास्थलको CCTV र अन्य अनुसन्धानले उनको संलग्नता पुष्टि गरेको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस