२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

काठमाडौं चाबहिलबाट प`क्राउ परेका प्रेमको अपराध खुल्यो

काठमाडौँ । सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ घर भएका ३८ वर्षीय प्रेम विश्वकर्मा रहेका छन्। उनलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

विश्वकर्मा भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुन्धारा कारागार तोडफोड हुँदा भागेका थिए। प्रहरीका अनुसार, उनीमाथि अदालतले २५ वर्ष कैद सजाय तोकेको थियो र उनले ५ वर्ष जेल सजाय काटिसकेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार, उनलाई बिहीबार पक्राउ गरी पुनः कारागार प्रशासनको जिम्मा लगाइएको छ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस