२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काठमाडौं बसपार्कको तेस्रो लिंगी घटनामा नयाँ मोड : तन्नाले खोल्यो राज, होटल बसेका व्यक्ति समातिए

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक तेस्रो लिंगीको हत्या भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका स्रोतका अनुसार संदिग्धको पहिचान गोप्य राखिएको छ र थप सोधपुछ र भेरिफिकेशन भइरहेको छ।

शनिबार दिउँसो बसपार्क नजिकै सडक किनारमा शव फेला परेको थियो। शव तन्नामा बरेर पोको पारिएको अवस्थामा भेटिएको थियो। प्रहरीले सोही तन्ना कुन होटलको हो भनेर अनुसन्धान गर्दा होटलमा बस्ने व्यक्तिको विवरण केलाएर एक जनालाई पक्राउ गरेको हो।

हत्या भएकी/भएको व्यक्तिको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको छ। अहिलेसम्म मृतकको पहिचान पुष्टि भइसकेको छैन।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस