२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

जंगलभित्र रहस्यमय अवस्थामा भेटिएका किशोर-किशोरीको पहिचान खुल्यो, के भन्छ प्रहरी?

सुर्खेत । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार जंगलमा शनिबार मृत भेटिएका किशोर–किशोरीको परिचय खुलेपछि घटना थप चर्चामा आएको छ। मृतकमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर–१० खजुरा बस्ने १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

आज बिहान करिब ११ः२० बजे घाँस काट्न गएका स्थानीयले दुवै जनालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो।

दुवै शवको सनाखत दिउँसो १ः१५ बजे प्रहरी र आफन्तको उपस्थितिमा गरिएको हो। प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, दीपिकाको सनाखत उनका काका राजु चौधरीले गरेका हुन् भने नरेशको पहिचान उनकी फुपू गीता खत्रीले गरेका हुन्।

घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस