२०८२ मङ्सिर ४ गते बुधवार | 2025 November 19th Wednesday

यी प्रदेशका पहाडी भागमा आंशिक बदली, काठमाडौँमा बढ्दै चिसो

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९।४ डिग्री सेल्सियस मापन गरिएको थियो। महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस