२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

एनपिएलमा आज दुई खेल : विराटनगरले जनकपुरसँग र कर्णालीले सुदूरपश्चिमसँग भिड्दै

काठमाण्डौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा सोमबार दुई खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ।
पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन् । विराटनगरका लागि आजको खेल प्रतियोगिताको तेस्रो खेल हुनेछ। जनकपुरले भने दोस्रो खेल खेल्दैछ । विराटनगर अपराजित छ । उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले तथा दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो ।

जनकपुर बोल्ट्स पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । जनकपुर अनिल साहको कप्तानीमा छ । टिममा अनिल साह कप्तानविकेटकिपर, विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था विकेटकिपर, वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख विकेटकिपर, रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन् ।

विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानीमा छ । टिममा सन्दीप लामिछाने कप्तान, बसिर अहमद, लोकेश बम विकेटकिपर, सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल विकेटकिपर, शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन् । कर्णाली र सुदूरपश्चिम दुवैले ‍तेस्रो खेल खेल्दैछन् । सुदूरपश्चिम अघिल्ला दुवै खेलमा विजयी भएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस