२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

तपाईंको नाकले के बताउँछ? वैज्ञानिकले पत्ता लगाए तलको लम्बाइको रहस्य

टोकियो । जापानका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् कि पुरुषको नाकको लम्बाइ र लिंगको आकारबीच प्रत्यक्ष सम्बन्ध हुन सक्छ।

क्योटो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनका वैज्ञानिकहरूले गरेको नयाँ अध्ययनले हात वा खुट्टाको आकारभन्दा पनि नाकको लम्बाइ लिंगको आकारको बढी भरपर्दो सूचक हुन सक्ने निष्कर्ष निकालेका छन्।

१२४ जना पुरुषको शव परीक्षणमा आधारित यो अध्ययनमा अनुसन्धानकर्ताहरूले शरीरका विभिन्न भागको नाप लिँदै प्रत्येक पुरुषको “तन्किएको लिंगको लम्बाइ” (शिथिल लिंगलाई बिस्तारै तानेर नापिएको लम्बाइ) सँग तुलना गरेका थिए।

बेसिक एन्ड क्लिनिकल एन्ड्रोलोजी जर्नलमा प्रकाशित अध्ययनका अनुसार, ठूला नाक भएका पुरुषहरूको औसत लिंग लम्बाइ १३.५ सेन्टिमिटर (५.३ इन्च) पाइएको छ भने सानो नाक भएका पुरुषहरूको औसत लम्बाइ १०.४ सेन्टिमिटर (४.१ इन्च) थियो।

टोलीले यो भिन्नता उमेर, तौल वा उचाइसँग सम्बन्धित नभएको बताएको छ, जसले यो सम्बन्ध भ्रूण विकासको क्रममा पुरुष हर्मोनको प्रभावले निर्धारण हुन सक्छ भन्ने संकेत गर्छ।

अध्ययनका प्रमुख लेखक डा. हिरोशी इकेगायाले भने, “नाकको आकार र लिंगको लम्बाइबीचको सम्बन्धले प्रसवपूर्व पुरुष हर्मोनको स्तरले दुवै अंगको विकासमा भूमिका खेल्छ भन्ने बुझिन्छ।”

अमेरिकाको बेभर्ली हिल्सस्थित युरोलोजिस्ट डॉ. रेना मलिकले पनि अध्ययनलाई उद्धृत गर्दै भनिन्, “लिंगको आकार हात वा खुट्टासँग जोडिन्छ भन्ने लोकप्रिय धारणा वैज्ञानिक रूपमा प्रमाणित छैन।”

प्रकाशित मिति : २०८२ कार्तिक २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस