२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

बर्दियामा चितुवाको आक्रमणबाट ६ बर्सिय बालकको निधन

प्रकाश काफ्ले/काठमाडौं: बर्दियाको राजापुर नगरपालिका–१०, कालाबन्जरमा बस्ने ६ वर्षीय आदित्य चौधरी चितुवाको आक्रमणमा परी मृत भएका छन्।प्रहरीका अनुसार बालक घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो। घाइते बालकलाई उपचारका लागि बर्दिया अस्पताल, गुलरियातर्फ लैजाँदै गर्दा बाटोमै उनको निधन भएको हो।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक बप्रमेश बिष्टले बालकको निधन भएको पुष्टि गरेका छन्। मृतक बालकको शव अहिले अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस