२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पूर्वप्रधानमन्त्री ओलीलाई पितृशोक, आज पशुपतिनाथको आर्यघाटमा अन्त्येष्टि

प्रकाश काफ्ले/काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के. पी. शर्मा ओली लाई पितृशोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।केही समयदेखि अस्वस्थ रहँदै आएका मोहनप्रसाद ओलीको उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी भइरहेको छ। त्यसपछि आजै काठमाडौँस्थित पशुपतिनाथ मन्दिर स्थित आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी रहेका छन्।

 

 

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस