२०८३ भाद्र २० गते शनिवार | 2026 September 5th Saturday

सर्वोच्चको आदेशमा,महेश वास्नेतको प्रतिक्रिया: “हामीले जित्यौं, सरकार हार्‍यो

#नेकपा (एमाले)#महेश बस्नेत

प्रकाश काफ्ले / काठमाडौं  । नेकपा (एमाले)का  सचिव महेश बस्नेतले  सर्वोच्च अदालतको पछिल्लो आदेशलाई आफूहरूको पक्षमा आएको निर्णय भन्दै “हामीले जित्यौं, सरकार हार्‍यो” भन्ने प्रतिक्रिया दिएका छन्।

सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट खारेज गर्दै जिल्ला अदालतलाई अब थप म्याद नथप्न परमादेश जारी गरेको छ। अदालतको आदेशअनुसार अब थपिएको ४ दिनभित्र सरकारले उनीहरूलाई तारेख वा हाजिर जमानिमा रिहा गर्नुपर्ने वा मुद्दा औपचारिक रूपमा पेश गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यस निर्णयप्रति प्रतिक्रिया दिँदै नेता बस्नेतले अदालतको आदेशलाई स्वागतयोग्य भएको बताएका छन्। उनले सरकारद्वारा गरिएको कदम प्रतिशोधपूर्ण र बदलाभावबाट प्रेरित रहेको आरोप लगाउँदै अदालतको निर्णयले एमालेको दाबीलाई पुष्टि गरेको जिकिर गरेका छन्।

यो घटनाले पछिल्लो समय सरकार र प्रतिपक्षबीचको राजनीतिक तनाव अझै चर्काउने संकेत देखिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस