२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

हर्क राईले मिचाहा भारतसँग रोटि बेटीको सम्बन्ध चाहिएन भन्दै सीमामा बलियो पर्खाल मागे

harka sampang dispute

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल–भारत सीमा क्षेत्रमा बलियो पर्खाल निर्माण गर्न सरकारसँग ऐतिहासिक माग गरेका छन्। विशेषगरी पहाडी भेगमा सीमा सुरक्षा सुनिश्चित गर्न उनले १ खर्ब रुपैयाँ बजेट विनियोजन गर्न आग्रह गरेका हुन्।

साम्पाङका अनुसार, देशको सीमा जोगाउन अब केवल कुरा गरेर हुँदैन, ठोस कदम चाल्नैपर्छ। उनले सरकारलाई अन्य फजुल खर्च कटौती गरेर भए पनि यस राष्ट्रिय गौरवको योजनामा बजेट छुट्याउनुपर्ने बताए। मिचाहा भारतसँग अब हामीलाई खुल्ला सिमा चाहिएन । रोटि बेटीको सम्बन्ध चाहिएन तत्काल ढोका बन्द गरौं उनले भने ।

नेपालमा असुरक्षा, अभाव, अज्ञानताको मुहान नै भारत भएकाले खुल्ला बोर्डरले प्रगती हुन नदिने हर्कको तर्क छ । यो प्रस्तावलाई धेरैले राष्ट्रभक्तिपूर्ण कदमका रूपमा लिएका छन्। साम्पाङको भनाइमा, सीमा सुरक्षाका लागि बलियो पर्खाल निर्माणले दीर्घकालीन समाधान दिनेछ।

 

 

प्रकाशित मिति : २०८३ जेष्ठ ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस