२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

आमाले ज्याला मजदुरी गरेर पढाएको छोरो कक्षा १२ को परीक्षामा सबैभन्दा टप

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–४, की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गर्नुहुन्छ । चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गत बर्षको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यायले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दिपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुशीको आँसु थाम्न सक्नुभएन ।

निरन्तर दुःखसँग पौंठेजोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्याज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बन्नुभयो । उहाँको आँखाबाट खुशीको आँशु झर्यो ।

उहाँले श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाईमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोड्नुभयो । श्रीमानको दुई बर्ष अगाडी अत्याधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्रधारा आँसु झारेर दैनिकी बिताइरहेकी उहाँलाई छोराछोरीको लालनपालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भएको छ । उच्च शिक्षामा राम्रो पढ्न पाए उहाँको छोराले धेरै राम्रो गर्नुहुने थियो ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस