२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय कर दिवस, २०८१ को पूर्वसन्ध्याको अवसरमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले बुधबारका दिन उक्त कार्यालयको प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका लगायत विभिन्न जिल्लामा डेंगु संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य संस्थाहरुमा रगतको उच्च माग भईरहेको अवस्थालाई ध्यानमा राखि राष्ट्रिय कर दिवसको पूर्व सन्ध्या पारेर आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।

उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाण्डौं, अधिकृत समाज काठमाण्डौं र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काठमाण्डौंसँग समन्वय एवं सहकार्य गरिएको प्रमुखले बताए । बृहत रक्तदान कार्यक्रममा ७७ जना रक्तदाताको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, उपत्यकास्थित आन्तरिक राजस्व कार्यालयहरु, काठमाण्डौं महानगरपालिकाका वडा नं १० र ३१ को कार्यालय तथा अन्य सरकारी कार्यालयहरुमा कार्यरत कर्मचारीहरु एवं अन्य महानुभावहरुले रक्तदाताको रुपमा सहभागिता जनाएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय,काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य एवं आन्तरिक राजस्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल समेतको समुपस्थिती रहेको थियो । उनीहरुले डेंगु संक्रमणका बिरामीहरु बढेसँगै उपत्यकाका स्वास्थ्य संस्थामा रगत अभाव भएको बेला धेरै संख्यामा रक्तदाताहरु सहभागी गराई कार्यक्रमलाई सफल गराएकोमा आन्तरिक राजस्व कार्यालय, नयाँ वानेश्वर परिवारलाई धन्यवाद प्रदान गरेका थिए । मानवीय सेवा लक्षित उक्त कार्यक्रममा सहभागी सबैलाई धन्यवाद सहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

 

 

प्रकाशित मिति : २०८१ कार्तिक २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस