२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सहकारी पीडितहरूको काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा बुधबार विरोध प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा विरोध प्रदर्शन गरेका हुन्। उपत्यकाका सोह्रखुट्टे, चाबहिल, गट्ठाघर, पुल्चोकलगायत स्थानबाट जुलुस निकालेका उनीहरू माइतीघरमा भेला भएका थिए।

प्रदर्शनकारीले ‘गुहार, गुहार,’ ‘हाम्रो पौने ३ खर्ब रुपैयाँ’ जस्ता नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए। सहकारीपीडितको प्रदर्शनमा विभिन्न राजनीतिक दल र संघसंस्थाले पनि साथ दिएका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस