२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

नक्कली फेसबुक आइडी बनाई महिलाको चरित्रहत्या गर्ने भारतीय नागरिक पक्राउ

Maoist leader arrested on charges of raping 17-year-old girl

काठमाडौं ।  नक्कली फेसबुक आइडी बनाएर महिलाको सामाजिक रूपमा चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई इलामबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित नगाऊँ कोलियावर सुलुङ ढोलपानीका २१ वर्षीय प्रशान्त दास रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दासले फेसबुक आइडीबाट चिनजान भएका इलामको सूर्योदय नगरपालिकाका-१ की एक महिलाले चलाउने गरेको फेसबुकबाट निजको परिवारको फोटो तानी महिलाका अन्य आफन्तको नक्कली फेसबुक आइडी बनाएको खुलेको डिएसपी मानबहादुर राईले  बताउनुभयो ।

‘नक्कली आइडीबाट ती महिला समेतको फोटो पोस्ट गरी चरित्रहत्या गरी दुःख अश्लील फोटो पठाएको पाइएको छ’ डिएसपी राईले भन्नुभयो । पक्राउ गरिएका दासविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम जिल्ला अदालत इलामबाट दश दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेको राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस