२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

लस एन्जलसमा भीषण आगलागी : पाँच जनाको मृत्यु, एक हजार घर ध्वस्त

Massive fire in Los Angeles

अमेरिकाको लस एन्जलस, जंगलमा फैलिएको भीषण आगलागीका कारण हालसम्म पाँच जनाले ज्यान गुमाएका छन्। लस एन्जलस सेरिफको कार्यालयले यो तथ्य पुष्ट गर्दै थप तीन जनाको मृत्यु भएको जनाएको छ।

अधिकारीहरूले यसअघि अल्टाडेना क्षेत्रको ईटनमा दुई जनाको मृत्यु भएको जानकारी दिएका थिए। फायर चीफ एन्थोनी मारोनका अनुसार ईटन क्षेत्रमा लागेको आगो हालसम्म १०,६०० एकड क्षेत्रमा फैलिएको छ र नियन्त्रण बाहिर रहेको छ।

“दुर्भाग्यवश पाँच नागरिकको ज्यान गएको छ र केही घाइते भएका छन्,” मारोनले बताए। “एक हजारभन्दा बढी घर र भवनहरू पूर्ण रूपमा क्षतिग्रस्त वा ध्वस्त भएका छन्।”

आगो नियन्त्रणमा सहयोग गर्न क्यालिफोर्नियाका साथै एरिजोनाबाट पनि अग्निनियन्त्रकहरू आइपुगेका छन्। आगलागीको खतरालाई ध्यानमा राख्दै लस एन्जलसमा आपतकाल घोषणा गरिएको छ। सर्वसाधारणलाई सतर्क रहन र सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।

आगोको भयावह फैलावटले लस एन्जलसवासीलाई गम्भीर संकटमा पारेको छ। यस घटनाले अमेरिकी इतिहासकै ठूलो प्राकृतिक विपत्तिहरूमध्ये एकको स्वरूप लिएको छ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस