काठमाडौं । काठमाडौँको असन चोकस्थित एक घरको गोदाममा आगलागी भएको छ। बिहीबार अपराह्न साढे ३ बजेतिर महाबौद्ध मन्दिर जाने बाटोको एक घरमा ‘होम एप्लायन्सेस’ सामानको गोदाममा आगो लागेको हो।
आगलागीको कारण र क्षतिबारे अहिले सम्म जानकारी प्राप्त भएको छैन। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका दमकल टोली स्थलमा पुगेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंकी प्रवक्ता पूर्णिमा चन्दका अनुसार आगो नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले प्रयास जारी राखेका छन्।
प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार

