२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकामा गृह सुरक्षा सचिवको नेतृत्वमा छापा, एकै दिनमा १,१७९ पक्राउ

अमेरिकामा डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले अवैध आप्रवासीको मुद्दालाई गम्भीर लिएर कारबाही अगाडि बढाएको छ। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले मंगलबार न्यूयोर्क शहरमा अध्यागमन र भन्सार प्रवर्तन (आइसीई) को छापा मारेकी छिन्।

अधिकारीहरूले केही व्यक्तिहरूलाई पक्राउ गरेका छन्। यसबारे जानकारी गराउँदै सचिव नोएमले एक्समा भनिन्, ‘भर्खरै न्यूयोर्कमा प्रवर्तन अपरेशन। अपहरण, आक्रमण र चोरीको आरोपमा आपराधिक विदेशी पक्राउ परेका छन्। आइसीईलाई धन्यवाद।’

उनले स्पष्ट पारिन् कि अवैध आप्रवासन र सीमा सुरक्षा सरकारको पहिलो प्राथमिकता हो। यस कारबाहीले हत्यारा, अपहरणकर्ता र आक्रमण तथा चोरीको आरोपीहरूलाई लक्षित गरेको थियो। आइसीईले एकै दिनमा १,१७९ पक्राउ गरेको र ८५३ डिटेनर जारी गरेको छ। नोएमको नेतृत्वमा, यस्ता अपरेशनहरू देशभरि जारी रहने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस