२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

महाकुम्भमा फेरि भीषण आगलागी

भारत, उत्तर प्रदेशको महाकुम्भ मेलामा फेरि आगलागीको घटना भएको छ। सेक्टर–२२ मा लागेको आगोले केही मिनेटमै १५ वटा पाल जलेर खरानी बनाएका छन्। दमकलको द्रुत कार्यवाहीका कारण आगो समयमै नियन्त्रणमा आएको र कुनै ठूलो क्षति नभएको जनाइएको छ।

प्रशासनले आगलागीको कारणको अनुसन्धान सुरु गरेको छ र श्रद्धालु भक्तजनलाई शान्ति कायम गर्न अपिल गरेको छ। यो महाकुम्भमा आगलागीको दोस्रो घटना हो।१९ जनवरीमा सेक्टर–१९ मा आगलागीका कारण १८ वटा शिविर जलेका थिए। प्रशासनले आगलागीको घटनालाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारेको छ।

यसअघि समाचारमा १९ जनवरी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएका छौँ। सम्पादक

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस