काठमाडौं। भारत, उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा एक पछि अर्को गरेर दुर्घटना हुँदैछन्।
यसबीच मेला सकेर फर्किरहेका श्रद्धालुहरूको गाडीलाई अनियन्त्रित ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु भएको र १३ जना घाइते भएका छन्।
दुर्घटना उत्तर प्रदेशको गाजीपुर जिल्लाको नन्दगञ्ज प्रहरी चौकी नजिकैको कुस्मी काला क्षेत्रमा भएको हो। दुर्घटनामा पिकअप भ्यानमा करिब २४ जना यात्रु रहेका थिए। सबै घाइते गोरखपुर बांसगाउँका भएका छन् र उनीहरूलाई गाजीपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।
जिल्ला अधिकारी गाजीपुर आर्यका अखौरीले यी सबै घाइतेलाई कुम्भ स्नान गरेर फर्केका श्रद्धालुहरू बताएका छन्।
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार

