२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिकामा अर्को विमान दुर्घटनाग्रस्त, सवार सबैको मृत्यु पुष्टि

अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको छ। उक्त विमान नोम सहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा भेटिएको हो।

बिहीबार दिउँसो बेपत्ता भएको बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान विमानमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोजीपछि भग्नावशेष फेला परेको अमेरिकी कोस्ट गार्डले जनाएको छ।

शुक्रबार बिहान नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा सवार सबैका परिवारलाई दुःखद खबर सूचित गरिसकेको बताएको छ।

यसअघि अमेरिकामा राजधानी क्षेत्रमा भएको विमान दुर्घटनामा ६७ जनाको मृत्यु भएको पुष्टि भएको थियो। त्यसपछि अमेरिकामा नै भएको अर्को दुर्घटनामा विमानमा सवार ६ जना सहित अन्य एकजनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस