२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अवैध २४ करोड फेला परेका दिल्ली उच्च अदालतका न्यायाधीशमाथि ठूलो कारबाही

काठमाडौं । भारत, दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्मालाई केही समयको लागि न्यायिक जिम्मेवारी दिइने छैन। यस निर्णयको जानकारी दिल्ली उच्च न्यायालयको रजिस्ट्रार कार्यालयले दिएको हो।

न्यायाधीश वर्मामाथि नयाँ दिल्लीस्थित आफ्नै सरकारी निवासबाट ठूलो मात्रामा नगद फेला परेको आरोप लागेको छ। मार्च १४, २०२५ मा उनका घरको स्टोर कोठामा आगो लागेको थियो, जहाँ उक्त नगद भेटिएको थियो। उनको घरबाट भारु १५ करोड अर्थात नेपाली २४ करोड भन्दा धेरै रुपैयाँ फेला परेको आरोप छ।

हाल, न्यायाधीश वर्माविरुद्ध ‘इन हाउस’ अनुसन्धान प्रक्रिया चलिरहेको छ, र यसका लागि भारतका प्रधानन्यायाधीश सञ्जीव खन्नाले तीन सदस्यीय समिति गठन गरेका छन्।

हाई कोर्ट का नोटिस

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस