२०८२ भाद्र २६ गते बिहिवार | 2025 September 11th Thursday

संसद् विघटन हाम्रो मुख्य माग : जेन-जी समूह

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनाउने प्रस्ताव सार्वजनिक भइरहेका बेला, जेन-जी आन्दोलनमा सक्रिय ‘हामी नेपाल’ समूहले पत्रकार सम्मेलन गरेर आफ्ना माग सार्वजनिक गरेको छ।

समूहका अध्यक्ष सुदन गुरुङले कार्कीको नेतृत्वलाई स्वीकार गर्न तयार भएको र धेरैको सहमति समेत जुटिसकेको जानकारी दिए।

उनले संसद् विघटन आफ्नो मुख्य माग भएको उल्लेख गर्दै त्यसपछि मात्रै अरु प्रक्रिया अघि बढ्ने बताए। गुरुङका अनुसार नयाँ मन्त्रिमण्डल जेन-जी पुस्ताको निगरानीमा बन्नुपर्नेछ भने यसबारे छलफल भइरहेको छ। यसअघि पनि समूहका प्रतिनिधिहरू सेनाप्रमुखसँगको छलफलमा सहभागी भएका थिए।

प्रकाशित मिति : २०८२ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस