२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

निजामती सेवामा १० हजार दरबन्दी कटौती गर्ने सहमति

काठमाडौं । सङ्घीय तहमा रहेका निजामती सेवाका दरबन्दी २० प्रतिशतले घटाउने तयारी भइरहेको छ। मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो।

हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन्। २० प्रतिशत दरबन्दी कटौती हुँदा करिब १० हजार कर्मचारीको संख्यामा कमी आउने अनुमान गरिएको छ।

बैठकमा सहभागी एक सचिवका अनुसार मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूमा रहेका दरबन्दी घटाइने निर्णय गरिएको हो। यसका लागि आवश्यक प्रस्ताव असोज २० गतेभित्र तयार गर्ने र त्यसलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस