२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

अर्थमन्त्री खनालको एक निर्णयले मन्त्रालयमा उथलपुथल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

खनालले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा महेश आचार्यलाई ल्याएका छन्। यसअघि उक्त महाशाखाको जिम्मेवारी सम्हालिरहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखामा सरुवा गरिएको छ।

त्यस्तै, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुख बनाइएको छ। यसअघि सहसचिव आचार्यले तालिम केन्द्रको नेतृत्व गरिरहेका थिए।

तीन सहसचिवको जिम्मेवारी आइतबारदेखि लागू हुने गरी हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस