काठमाडौँ । मधेस सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन्।
उनीहरूले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
यस रिटको सुनुवाइका लागि पेसी कात्तिक २५ गतेका लागि तोकिएको छ।
प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार

