२०८३ बैशाख ६ गते आइतवार | 2026 April 19th Sunday

युवा देखि बृद्धसम्मको भरोसा : भगबती चौधरीको बढ्दो लोकप्रियता

काठमाडौं। सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की नेतृ भगबती चौधरी ले युवा, बृद्ध तथा महिलासहित सबै वर्ग–समुदायको व्यापक साथ र समर्थन प्राप्त गर्दै लोकप्रिय तथा विश्वासिलो नेतृत्वका रूपमा आफूलाई स्थापित गर्दै जानु भएको छ।

समावेशी विकास, सामाजिक न्याय र जनमुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै निरन्तर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनु भएकी चौधरीप्रति पछिल्लो समय युवाहरूको सक्रिय सहभागिता, ज्येष्ठ नागरिकहरूको भरोसा र महिलाहरूको अटुट समर्थन थप मजबुत बन्दै गएको देखिन्छ।

युवाहरूले उहाँलाई अवसर सिर्जना, रोजगारी, शिक्षा र आधुनिक विकासको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने नेतृका रूपमा हेरेका छन् भने बृद्ध वर्गले उहाँको अनुभव, शालीनता र इमान्दार नेतृत्वलाई उच्च सम्मान गरेका छन्। त्यसैगरी महिलाहरूले सामाजिक सशक्तीकरण, सुरक्षित आवास, स्वास्थ्य, शिक्षा तथा महिला सहभागिता अभिवृद्धिका लागि उहाँले पुर्‍याउनुभएको योगदानको खुलेर प्रशंसा गरेका छन्।

स्थानीय तहमा सम्पन्न तथा निर्माणाधीन सडक, सुरक्षित आवास, सामाजिक कार्यक्रम, धार्मिक–सांस्कृतिक गतिविधि र जनसेवामूलक पहलहरूले भगबती चौधरीलाई भाषणभन्दा काममा विश्वास गर्ने नेतृ का रूपमा चिनाएको स्थानीयवासीहरूको भनाइ छ।

स्थानीय एक महिलाले भनिन्, “हामी महिलाका पीडा बुझ्ने, सुन्ने र समाधानतर्फ पहल गर्ने नेतृत्व भगबती चौधरीमै देख्छौं।” त्यस्तै एक ज्येष्ठ नागरिकका अनुसार, “उहाँ भरोसाको नाम हो, जसले युवालाई मार्गदर्शन र समाजलाई स्थिरता दिन सक्नुहुन्छ।”

युवा, बृद्ध र महिलाको साझा विश्वाससहित अघि बढिरहेकी भगबती चौधरीप्रतिको यो जनसमर्थनले सुनसरी निर्वाचन क्षेत्र नं. ३ को समृद्ध, समावेशी र सुरक्षित भविष्यतर्फको आशालाई अझ बलियो बनाएको छ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस