काठमाडौँ । लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ५९ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का लमजुङसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। हालसम्म कुनै क्षतिको विवरण भने प्राप्त नभएको जनाइएको छ।
प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार

