२०८३ असोज १० गते शनिवार | 2026 September 26th Saturday

नारायणीको बाढी सुस्तामा पस्यो

Five Nepalis missing in Sikkim floods and landslides have been found

सुस्ता । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा नारायणी नदीको बाढी पसेपछि ७८ घरपरिवार विस्थापित भएका छन्। निरन्तरको वर्षासँगै बाढी बस्तीमा पसेपछि स्थानीयलाई सामुदायिक भवन तथा आफन्तको घरमा सुरक्षित स्थानमा सारिएको हो।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार केही घरमा बाढी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।

नेपाल प्रहरीसहित उद्धारमा खटिएका सुरक्षाकर्मीले स्थानीयलाई सुरक्षित स्थानमा सार्न सहयोग गरेका छन्।

बाढीले घरसँगै खेतबारी र सडकसमेत डुबाएको छ। स्थानीयका अनुसार नारायणीले जमिन कटान गर्दा धान, उखुलगायतका बालीमा ठूलो क्षति पुगेको छ। एक किसानको १० कठ्ठामा लगाइएको उखु खेतीसमेत बाढीले बगाएको छ।

वर्षायाम सुरु भएयता नारायणी नदीले अस्थायी बाँध कटान गर्दै सुस्ताको ठूलो क्षेत्रको जमिनसमेत कटान गरिरहेको स्थानीयले बताएका छन्।

 

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस