२०८३ असार १३ गते शनिवार | 2026 June 27th Saturday

देशकै महंगो ग्यालेक्सी स्कूलका शिक्षकहरुलाई तलब नदिएपछि आन्दोलन थाले

काठमाडौ । ग्यालेक्सी पब्लिक स्कूलका शिक्षकहरुले चैत्र देखि आफूहरुले पाउनु पर्ने तलबभत्ता नपाएको भन्दै आन्दोलनको तयारी गरेका छन् । उनीहरुले शनिबार कक्षा ९ र १० का अभिभावकहरुसंग बैठक गर्दै स्कूल प्रशासनले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको आरोप समेत लगाएका छन् ।आफूहरु अनलाइन कक्षा पढाउन तयार हुँदा समेत स्कूल प्रशासनले पढाउन नदिएको गुनासो उनीहरुको रहको भेलामा सहभागी एक अभिभावकले जानकारी दिए ।

 

 

स्कूलले बाहिरबाट शिक्षक ल्याएर अनलाइन कक्षा संचालन गरेको , गत वर्ष भदौ देखि आफूहरुको संचयकोषमा रकम जम्मा नभएको र दिनु पर्ने सेवासुविधामा कटौती गरेको शिक्षकहरुले दावी गरेका छन । स्कूल संचालक गीता राणा भने शिक्षकहरुका यी सबै कुरा गलत भएको दावी गर्छिन् । खुलामञ्चसंग कुरा गर्दै उनले भनिन् स्कूलले जेठ महिना सम्मको तलव दिइसकेको छ । माध्यामिक विद्यालयका शिक्षकले तीन महिनामा तलब मात्रै एक लाख आठ हजार बुझेका छन् । यसमा कुनै भत्ता जोडिएको छैन् । नियमित तलब कसरी ख्वाउने भन्ने अवस्थामा स्कूलले भत्ता कसरी दिन सक्छ ?

 

शिक्षकहरुले आफ्ना माग पुरा गर्न साउनको अन्तिम सम्म समय दिनु भएको छ । तर उहाँहरुले दिएको समय अघि नै अभिभावकसंग बैठक बसेको सुने । विद्यार्थीसंग शुल्क माग्ने अवस्था छैन । उहाँहरु भक्ताका लागि आन्दोलन गर्दै हुनुहुन्छु , राणाले भनिन् ।
संचयकोष दाखिला नगरेका सम्बन्धमा खुलामञ्चसंग राणाले भनिन् केही महिनाको संचयकोष जम्मा हुन बाकी छ । त्यो बाँकी रकम स्कूलले जम्मा गरिदिने जिम्मेवारी हो । गरिदिन्छ ।

 

उनले अनलाइन शिक्षक बाहिरबाट ल्याएर कक्षा संचालन गरेका विषय केही हदसम्म सत्य भएको बताएकी छिन् । सुरुमा अनलाइन कक्षाका सन्दर्भमा निकै अन्यौल बढेकाले हामीले केही विज्ञ शिक्षकहरु ल्याएर आफ्ना शिक्षकहरुलाई तालिम समेत दिएका हौं । अहिले पनि केही विज्ञ शिक्षक हुनुहुन्छ । तर स्कूलका शिक्षकलाई पढाउन दिइएन भन्ने आरोप सरासर गलत भएकोु, राणाको दावी छ । आफू शिक्षकहरुसंग सहकार्य गर्न तयार रहेको बताउँदै नभएका आरोप लगाएर आन्दोलनको चेतावनी दिएकामा दुःख लागेको उनले गुनासो गरिन ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७७ साउन १७ गते शनिवार