काठमाडौं । पारिवारीक सम्बन्धमा गलत हुन पुग्यो भने त्यसैले अकाल मृत्युको कारण बन्ने धेरै घटना छन् ।

कुकर्म हुनबाट मानिस बच्न सकेन भने कसैको हातबाट हत्या हुन पुग्छ । केही बर्ष अघि आफ्नै काकीको हत्या गर्ने भतिजो अहिले चीसो जेलको कोठरीमा छ । काकीले अल्पआयुमा नै हत्याको शिकार बन्नु पर्यो ।

ललितपुरको चुनीखेलकी गीता केसीको केही बर्ष अघि लाश भेटिएपछि उनकै भतिजमाथी प्रहरीले शंका गरिएको थियो । शंका आखिर अहिले आएर प्रमाणित भएको छ ।

त्यो बेला प्रहरीको अनुशन्धान उनकै भतिज निर्मल केसीमाथी सोझिएपछि प्रहरीले नियन्त्रणमा लियो । पक्राउ परेका निर्मल विरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले गीताकै भतिजा निर्मललाई जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा अदालतमा बयान र पुर्पक्षको बहस चलिरहेको थियो ।

पक्राउपछि गरिएको बयानका क्रममा उनले गीतालाई आफूले नै सिध्याएको स्वीकार गरेका थिए । निर्मल र गीताबीच चार वर्षदेखि लगातार शारीरिक सम्बन्ध रहेको पाइएको छ।

घटना भएकै दिनपनि आफूहरुबीच शारीरिक सम्बन्ध भएको निर्मलले बताएका छन्। उनीहरुबीच विगत चार वर्षदेखि यस्तो सम्बन्ध रहेको समेत खुलेको छ।

अनुसन्धानका क्रममा निर्मलले प्रहरीलाई दिएको बयान यस्तो छः

घट्नास्थलमा छरिएको अवस्थामा फेला परेको भनिएको नागरिकतासहितको ब्याग, जुत्ता, परिचय पत्र, पहेँलो कपडाको सल मृतक गीता केसीको हो। घटनास्थल नजिकबाट बरामद गरेको नोकिया कम्पनीको अगाडीको सिसा फुटेको मोवाईल मैले नै प्रहरीलाई देखाइदिएको हो।

घटनाको समयमा मैले प्रयोग गरेको मेरो बा९३प ४६२३ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। काकीले विगत २ वर्षदेखि अल्का अस्पतालमा हाउस किपिङ्गको काम गर्न थाल्नु भएको थियो। मैले आफ्नो मोटरसाईकलमा राखेर काकीलाई काममा पुर्याउने र घरमा ल्याउने गर्दै आइरहेको थिएँ।

सोही क्रममा २०७७ भदौ १७ गतेका दिन बिहानै मैले काकीलाई फोन गरेर घुम्न जाऔं भन्दा काकीले सहमति जनाउनु भयो। दिनको अन्दाजी सवा एक बजेतिर काकीलाई मोटरसाइकलमा राखेर म भैंसेपाटीबाट उकालो बाटो लागें। हामीले ४ बर्ष अघिदेखि सम्बन्ध राख्दै आएका थियौँ । त्यो दिनपनि मेरो योजना थियो ।

एकान्तकुनास्थित पेट्रोलपम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल राखेपछि मैले काकीलाई आज लेलेतिर घुम्न जाऔं है भन्दा काकीले हुन्छ भन्नु भयो। त्यसपछि लेलेतिर घुमफिर गरी साँझ घर फर्कंदै थियौं। चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङ्गमा पुगेपछि काकीसँग शारीरिक सम्बन्ध राख्ने सोच बनाएँ। मोटरसाइकल भञ्ज्याङ्गबाट मोडेर जंगलको बीच भागको बाटोमा पुर्‍याएपछि सहमतिमा शारीरिक सम्पर्क गरेँ।

लाश स्थल

शारीरिक सम्पर्क राखेपछि कुराकानी हुँदा काकीले भन्नुभयो, ‘मलाई आज घरमा जान मन लागेको छैन।’ मैले किन भनि सोध्दा काकीले भन्नुभयो, ‘मैले घर, बालबच्चा र तपाईंलाई छोड्न सक्दिनँ र मलाई माया गर्ने अरु मानिसहरूलाई पनि छोड्न सक्दिनँ, मर्‍यो भने आनन्द हुन्छ जस्तो लागेर जीवन नै फ्याकौँ झै लाग्छ।’

काकीको त्यस्तो कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ। मैले काकीलाई आफ्नो श्रीमतीलाई भन्दा बढी माया गर्थेँ, समय दिन्थेँ, हरेक ईच्छा आकांक्षा पुर्याउने गरेको थिएँ।

र, पनि अरु मानिसहरूसँग सल्किएको कुरा सुनेर काकीप्रति घृणा जाग्यो। आवेगमा यसलाई यही एकान्त जंगलमा सिध्याएर फाल्छु भन्ने सोच आयो। र, मैले उभिएर बसेकी काकीको गलामा बेरिएको सललाई पछाडीबाट दुवै हातले समाती काकीको घाँटीमा केहिबेर जोडले कसेपछि काकीको प्राण गयो।

त्यसपछि लाश कसैले देख्छ कि भन्ने डरले बाटो छेउको भीरबाट धकेलेर जंगलको झाडीतर्फ पल्टाएँ। जंगलको भिरालो ठाउँबाट बेगले गुल्टिँदै लाश तल बाटोबाट नदेखिने ठाउँमा पुग्यो।

मोटरसाईकलको ह्याडलमा झुण्ड्याएको काकीको खैरो रंगको लेडिज व्यागमा रहेको काकीको मोवाइल झिकेर व्याग जंगलको झाडीमा फालें। मोवाईल आफ्नो गोजीमा राखेर हतार हतार मोटरसाईकल चलाएर बाटो लागें।

केहि अगाडी आईपुग्दा काकीको मोवाईलमा फोन आयो। तर मैले फोन उठाइनँ। मोवाईलको कारण फसिने डरले मैले गोजीमा राखेको मोवाईल समेत त्यही जंगलतर्फ फ्याँकें। त्यसपछि सरासर आफ्नो घरमा आएर बसें।

त्यही दिन बेलुकासम्म पनि काकी घरमा नआएको भनि काकीको सानी छोरीले मलाई फोन गरेपछि काका शिवशरण केसीले मलाई शंका गरे कि भनेर काकालाई भेट्न गएँ।

काकालाई भनेँ, ‘दिउँसो काकीलाई अल्का अस्पताल नजिक पुर्‍याएर फर्केको थिएँ, यतिखेरसम्म त आईपुग्नु पर्ने।’ फोन गरेर बुझ्छु भनेर अल्का अस्पतालमा काम गर्ने काकीका साथीहरूलाई समेत फोन गरी सोधी खोजी गरेँ। प्रहरीले खोजतलासको क्रममा काकी गीता केसी हराएको र १७ गते दिउँसो काकीलाई मैले मोटरसाईकलमा लिएर हिंडेको कुरा थाहा पाएछ।

प्रहरीले मलाई भैंसेपाटी चोकबाट लिएर गएपछि मलाई अब फसियो भन्ने लाग्यो। प्रहरीले सोधपुछ गर्दा मैले काकीलाई मारेको हुँ भनि वास्तविक कुरा बताएँ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

सम्बन्धित खबरहरु