काठमाडौं । खुलेरै राजनीतिमा लाग्नु भएका रवि लामिछानेको व्यवस्तता बढेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण गरेर राजनीतिमा लाग्नु भएका लामिछाने अहिले संठगन बनाउनतिर लाग्नु भएको छ ।

यसबीच उहाँको विभिन्न व्यक्तिहरुसँग भेटघाट पनि बाक्लियो । हालै उहाँले चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको खुट्टा ढोग्दै आर्शिवाद पनि लिनुभयो । हास्यकलाकार किरण केसीको जन्मदिनमा पत्नी निकितासहित पुग्नु भएका लामिछानेले धेरैजना कलाकारहरुसँग भेटघाट गर्नुभयो ।

त्यहाँ भएका लामिछाने समर्थकहरुले जान्नेलाई छान्ने भन्दै नयाँ राजनीतिक यात्राका लागि सफलताको शुभकामना पनि दिए ।

आज जन्मदिन पर्नुभएका केसीको कुरा गर्दा जन्म ललितपुरको इमाडोलमा २०१४ असार १५ मा भएको थियो ।

बुवा दुर्गाबहादुर र आमा इन्द्रकुमारीका उहाँ कान्छो र तेह्रौँ सन्तान हुनुहुन्छ । राष्ट्रिय नाचघरमा जागीर खाँदा नै कलाकारिता सुरु गर्नुभएका केसीले २०२८ सालमा ‘धानका बाला इलरी–बिलरी...’ गीतमा नाचेर पहिलोपटक मञ्चमा पुग्नुभयो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

उहाँले अभिनय गरेको पहिलो धारावाहिक ‘मह‘ को ‘१५ गते’ हो भने पहिलो चलचित्र शम्भु प्रधानको निर्देशनमा बनेको ‘सन्तान’ हो ।

केसीले हालसम्म करिब २ सय ५० वटा धारावाहिक शृङ्खला र ८५ वटा भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसक्नु भएको छ । केसीले गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रज्ञा पुरस्कार पनि पाउनुभयो ।

केसीको बारेमा ‘शब्दचित्रमा किरण केसी’ नामक पुस्तक २०६५ मा उहाँकै जन्म दिनमा छापिएको थियो ।

उक्त पुस्तक टीका ढकालले लेख्नुभएको हो । उहाँको थेगो बनेका ‘ए राता मकै’ र ‘धरोधर्म माइली’ गरेर दुईवटा गीति एल्बम पनि बजारमा आइसकेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु