काठमाडौं । नेकपा एमालेका नेता दुर्गा प्रसाईले डा. गोविन्द केसीलाई लिएर विवादित बयान दिनु भएको छ ।

नेता प्रसाईले एक अन्तर्वार्तामा डा. केसीलाई यो देशको अपराधी भन्नु भएको हो । उहाँको नजरमा डा. केसी नेपालमा भएका मेडिकल कलेज बन्द गरेर नेपाली विद्यार्थीलाई अरु देशमा पठाउने दलाल हुनुहुन्छ ।

डा. गोविन्द केसीलाई दलालको संज्ञा दिदँै प्रसाईले भन्नुभयो, ‘आज उसै (डा. केसी) को कारणले यो देशमा नर्स पढ्न पाका छैनन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

तपाईंलाई थाहा छ १० हजार नर्स आज इन्डिया गका छन्, यो मान्छे (डा. केसी) का कारणले... यो देशमा मेडिकल कलेज, शिक्षा, स्वास्थ्य बन्द हुँदैछ अबको पाँच वर्ष पछाडि ।

नर्स अब यो देशमा पढ्न नपाएपछि अब के फिलिपिन्सका नर्स ल्याएर चलाउनुहुन्छ यो देशमा, चलाउनुहुन्छ ?’

फिलिपिन्सका नर्स ल्याएर नेपालीहरुले उपचार थेग्न सक्छन् कि सक्दैनन् भनेर पनि उहाँले प्रश्न गर्नुभयो । डा. केसीका कारण १३७ वटा मेडिकल कलेज एक वर्षभित्र बन्द भएको आरोप पनि उहाँको छ ।

उहाँले थप आक्रोशित हुँदै भन्नुभयो, ‘यो मान्छे भनेको यो देशको अपराधी, जड हो...मेडिकल शिक्षा सिध्याउने ।’ केसीको आलोचना गर्दा अहिले मान्छेहरुले गाली गर्ने गरेको भन्दै उहाँले अबको पाँच वर्षभित्र असर देखिने पनि चेतावनी दिनुभयो ।

विएण्सी मेडिकल कलेज विर्तामोडका सञ्चालक समेत रहनु भएका प्रसाईको नजरमा डा. गोविन्द केसी कुनै मान्छे नै हुनु हुँदैन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु