२०८२ पुष २७ गते आइतवार | 2026 January 11th Sunday

बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेपछि…

काठमाडौं । विश्वको प्रतिष्ठित मिडिया बीबीसीले नेपाललाई पनि भारतको राज्य भनेको छ ।

भारतमा जारी अग्निपथ योजना विरोध प्रदर्शन भइरहेको समयमा बीबीसी हिन्दीले सन् २०१६ देखि २०१९ सम्म भारतका कुन राज्यबाट कति जना युवा भारतीय सैनिकमा भर्ती भए भन्ने कुराको एउटा रिपोर्ट जारी गरेको छ ।

उक्त प्रतिवेदनमा नेपालको पनि नाम राखिएको छ । तर नेपाललाई पनि भारतका राज्यका रूपमा नै वर्णन गरेको देखिएको छ ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

भारतीय संसदमा उठेको एक प्रश्नको जवाफमा सरकारले दिएको जानकारीलाई आधार मानेर बीबीसीले जारी गरेको रिपोर्टअनुसार भारतमा सर्वाधिक सेनामा जानेहरू उत्तरप्रदेश, पञ्जाब चण्डिगढ, राजस्थान, महाराष्ट्र, हरियाणा, उत्तराखण्ड, हिमाचल प्रदेश, बिहार, जम्मू–कश्मीर, मध्यप्रदेश, पश्चिम बंगाल, तमिलनाडु अण्डमान निकोबार रहेका छन् ।

तमिलनाडुपछि नेपालको नाम रहेको छ । रोचक कुरा के भने भारतीय सेनामा जत्ति नेपाली भर्ती भए त्यो भन्दा धेरै कम भारतीय भर्ती भएका पनि धेरै भारतीय राज्यहरु रहेका छन् ।

भारतीय सेनामा नेपाल भन्दा कम सैनिक भर्ना गर्ने भारतका राज्यहरुमा कर्नाटका, आन्ध्रप्रदेश, केरला, गुजरात, आसाम, झारखण्ड, ओडिसा, तेलंगाना, छत्तिसगढ, दिल्ली, मणिपुर, अरुणाचल प्रदेश र मिजोरम रहेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रकाशित मिति : २०७९ असार ६ गते सोमवार