काठमाडौं । सबुकमा `सुसाइड नोट´ लेखेकी लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर–११ नेपालटारस्थित डेरामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन ।

पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् ।

एक छोरा भएपनि सुर्खेतमै बस्दै आएका छन् । शुक्रबार राति दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छिन् ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

राजु परियारलगायतसँग उनले गाएका गीतहरू चर्चित छन् । प्रहरीले शुक्रबार साँझ मृतकको कोठामा गएका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिले आफू राति नै त्यहाँबाट फर्किएको बताएका छन् । सुर्खेतबाट छोरा आएपछि आज कानूनी प्रकृया अगाडि बढाउने प्रहरीको तयारी छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु