काठमाडौं । राजधानीको एक अस्पतालमा देखा परेको घटनाले सबैलाई हैरान बनाएको छ ।

त्यहाँ लापरवाही भएको ठूलो घटना बाहिर आएको हो । भारतको राजधानी दिल्लीस्थित लालबहादुर शास्त्री अस्पतालमा भर्ना भएकी एक गर्भवती महिला आज (बिहीबार) बिहान बेपत्ता भएकी हुन् ।

परिवारले विगत केही घण्टादेखि महिलाको खोजी गरिरहेको भएपनि सुत्केरीबारे कुनै पत्तो नपाएपछि प्रहरीसँग सहयोग माग्यो । पूर्वी दिल्लीको लाल बहादुर शास्त्री अस्पतालमा भर्ना भएकी गर्भवती महिला अचानक बेपत्ता भएपछि त्रास फैलिएको छ ।

महिलाका पति विनोदका अनुसार उनकी श्रीमती रजनी ५ महिनाकी गर्भवती थिइन् । उनको स्वास्थ्य बुधबार बिहान अचानक बिग्रियो । त्यसपछि उनलाई लालबहादुर शास्त्री अस्पतालमा भर्ना गरियो ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

साँझ करिब ५ बजे विनोद र उनकी भतीजी खाना खान गए, फर्केर आउँदा बिरामी हराइरहेको देखेका हुन् ।

लामो समयसम्म अस्पतालमा खोज्दा, चिकित्सक र अस्पतालका कर्मचारीलाई सोध्दा कुनै जवाफ मिलेन् । अस्पतालमा भर्ना भएकी महिला ८ घण्टासम्म नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

त्यसपछि प्रहरीले महिला कसरी बेपत्ता भइन भनेर अनुसन्धान थालेको छ । यस विषयमा अस्पताल प्रशासनसँग कुरा गर्ने प्रयास गर्दा सबैले आफ्नो जिम्मेवारीबाट पन्छिन् खोजे, उनीहरु केही बोल्न मानेका छैनन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु